पहिलो महिला राष्ट्रपतिमा भण्डारी

timthumbकाठमाडौँ, कात्तिक ९ । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी निर्वाचित भएकी छिन ।
व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा उनी ३२७ मत ल्याएर बिजयी भएकी हुन् । उनी नेपालको पहिलो महिला राष्ट्रप्रमुख बनेकी छन् । सभामुख ओनसरी घर्तीले विद्याको विजयको संसदमा घोषणा गरिन् । उनले नेपाली कांग्रेसका पूराना नेता कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २१४ मत पाएका छन् । राष्ट्रपति निर्वाचनको नतिजा संसद बैठकमा सभामुख घर्तीले घोषणा गरेकी हुन् । हाल संसदमा कायम ५९७ सदस्य मध्ये ५४९ मत खसेको थियो । खसेको ५४९ मते ५४१ मद सदर र ८ मत बदर भएको छ । सत्तारुढ एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, माले, फोरम लोकतान्त्रिक लगायातका दलको सहयोग विद्यालाई थियो । संसदमा कायम सदस्य संख्याको बुहमत ल्याउने राष्ट्रपतिमा निर्वा्चित हुने संवैधानिक प्रावधान छ ।आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका थिए ।

११ कात्तिक २०७२, बुधवार १२:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु