खाडी मुलुकमा नेपालीहरु
रघुनाथ बजगाँई
फुर्सदमै थिएँ । मोबाईल बज्यो । गाउँका एकजना साथीले मलेसियाबाट फोन गरेका थिए । फोन रिसभ गरेँ । के छ यार, सन्चै छौ ? मधुरो स्वरमा उताबाट आवाज आयो । अँ ठिकै छु । तिम्रो के छ ? कमाई कस्तो हुँदै छ ? एकै पटक धेरै प्रश्न गरेछु । साथीको बोली झन मधुरो भयो । बिजोग छ यार । बेकारमा आएछु । कमाईको कुरा छाडिदिउँ । जतिसक्दो छिटो नेपाल आउँदैछु । मकवानपुरका आशिष मोक्तान बैदेशिक रोजगारीको शिलशिलामा १ बर्ष अघि मलेशिया गएका हुन । एसएलएसी सम्म औपचारिक अध्ययन गरेका आशिष संग गाउँघरमा हुने खेतीपाती गरेको भन्दा अन्य कामको अनुभव छैन । माशिक ४० हजार रुपयाँमा कपडा फ्याक्ट्रीमा काम गर्ने मेनपावर संगको समझादरीमा मलेशिया गएका आशिष अहिले होटलमा काम गर्छन । मेनपावरले भनेको जस्तो काम नपाइएपछि होटलमा काम गर्दै गरेका आशिषले स्थानिय भाषा नबुझदा होटलमा आउने तथा हुनेहरुले के भनेको अझै पत्तो पाँदैनन । “नजिकै आएर लात्ताले हानेपछि मात्र झसङग हुन्छु यार, म त नरकिय जिवन जिउँदै छु ।” मलिन स्वरमा आशिषले भने ।
पाल्पाका कृष्ण घिमिरेको पिडा पनि उस्तै छ । मासिक ७० हजारमा सम्झौत भएर मलेसिया नै पुगेका उनी अहिले कम्पनी नै सम्र्पकमा नरहेपछि समस्यामा छन । न सहजै नेपाल फर्कन सकिन्छ । न कामको नै निरन्तरता । पासपोर्ट पनि कम्पनीसंगै कहाँ पुग्यो थाहा छैन ।
यि त उदाहरण मात्रै हुन । स्वदेशमा अवसर नपाएको भन्दै बिदेश जानेको सङ्ख्यामा बृद्धि हुनेक्रम रोकिएको छैन । कम समयमा धेरै कमाई हुने र विलासिताका सामानहरुको आकर्षणका कारण पनि युवा जमात बत्तिमा पुतली होमिएझै विदेश होमिरहेका छन् । केही रहर त केहि बाध्यताका कारण देश छोडि परदेश जानेहरु त्यहाँ पुगिसकेपछि स्वदेश फर्किने वा स्वदेशको सेवा गर्ने भन्ने विरलै हुन्छ । तर केहि यस्ता युवाहरु पनि छन् जो विदेश भएर पनि स्वदेश सेवाका लागि मरिमेट्छन् । वर्किङ भिषामा होस वा स्टुडेन्ट भिषामा प्रत्येक वर्ष लाखौँ युवायुवती श्रम बजारमा पुग्ने गर्दछन । बिदेश पुगेकाहरु मध्य धेरैजसोले विदेशी मुलुकलाई नै गन्तब्य बनाउँछन् ।
बैदेशिक रोजगारीको गन्तब्यको रुपमा नेपालीहरु बिभिन्न पेशामा कार्यरत छन । अधिकांस नेपालीहरु बिदेशमा तल्लो स्तरमा काम गर्न बाध्य छन । अधिकांस नेपालीहरु पैसाकै लागी जस्तोकुकै काम गर्न बाध्य हुन्छन वा गरिरहेका छन । बिदेशमा भोग्नुपरेको पिडा र बाध्यता सहन नसकेर धेरैले अनेकथरी सपनालाई बिर्सनुपरेको छ । पैसा कमाएर घर परिवारलाई हेर्ने र जिवनस्तर उकास्ने सपना बोकेर गएकाहरु लासको रुपमा बाकसमा र्फिता भएका धेरै छन । सरकारले लाखौँ युवा शक्तिहरुलाई स्वदेशमै रोजगारी पदान गर्न सक्ने त्यस्तो निति तथा कार्यक्रम पनि ल्याउन सकेको छैन । फल स्वरुप आफनै देशका युवाशक्तिहरु बिदेश पलाएन भैरहँदा सरकार टुलुटुलु हेरेर बसिरहेको भान हुन्छ । अर्कोतिर अनुभव र योग्यताको अभावका कारण युवाहरु बिदेशी बजारमा सस्तो मुल्यमा आफनो श्रम बेच्न बाध्य छन । बैदेशिक रोजगारीको यस्तो विकराल अवस्थाको नियन्त्रण गर्ने सरकारी निकायको अभाव देखिन्छ भने भएका नियामक निकायहरुले पनि काम गर्न सकेका छैनन ।
आर्थिक अवस्था कमजोर भएकै कारण अधिकांस नेपालीहरुलाई युरोप अमेरिका जाने सपना महंगो हुन्छ । यसकारण पनि नेपाली युवाहरु खाडी मुलुकतिर आर्कशित भएका हुन । खाडी मुलुक जान पनि त्यती सजिलो त कहाँ छ र ? मेनपावर वा मेनपावरमा काम गर्ने दलालीबाटै ठगिने क्रम सुरु भैसकेको हुन्छ । नेपालीहरुलाई मलेशिया, साउदी कतार लगायतका मुलुकमा अधिकांस जासो अदक्ष कामदारका लागी लगिन्छ । नेपालीहरु घर, सडक, पुल निमार्णमा, सेकुरिटि गार्ड, होटल आदिमा मजदुरीका लागी भिसा मिल्छ ।
पत्रिकाहरुमा फ्रि भिसा ! फ्रि भिसा ! फ्रि भिसा ! भनेर बिज्ञापन गरिएको हुन्छ । बढिमा २० हजार भनिएको हुन्छ । र सोही मेनपावर खाजेर पुग्दा त्यो लेखेको मात्र हो कम्पनीको नियम अनुसार पैसा लाग्छ भन्छन मेनपावरका कर्मचारीहरु । सरकार यसरी नेपालमा ढगि धन्दा गरिरहेका मेनपावरलाई नियन्त्रण गर्न सक्षम भएन । सरकारले केही गरेन भन्न खोजिएको हैन । खाडी मुलुकमा फ्रि भिसा फि टिकटको नियम लागु गरिसकेको छ । तर नियम बनाउने कार्यन्वनमा फितालो निति अवलम्बन गर्ने पविृतिमा परिवर्तन आएको आभास हुन सेकेको छैन । उता मेनपावरमा चिनाइदिएबापत २०÷२५ हजार लिने दलाल र मेनपावर बिचमा सहमती भएको हुन्छ । यता सरकार बढिमा २० हजार भनिरहेको छ । तर कम्पनीको रेट अनुसार कामदारसंग १ लाख भन्दा बढीमा मौखिक सम्झाता गरिन्छ ।
यस्तो खुलेआम ठगि गर्नेहरुका अगाडी सरकार अझै निरिह छ । ठगि धन्दा गर्नेहरुले फ्रि भिसा, फ्रि टिकटको निर्णय विरुद्ध सक्दो पहल गरि निर्णय उल्टाउने पयास गरेका थिए । यद्धपी पछि सहमती गरिएको भएपनि यहाँ न ठगी गर्नेहरुले फ्रि भिसा फ्रि टिकटमा कामदार बिदेश पठाएका छन न सरकारले प्रावकारी अनुगमन गरेको छ । सरकारी अनुगमनको नतिजा आउन नसक्नु र ठगिनेक्रम रोकिएन भनेर गुनासो आईरहनु यसको उदाहरण हो ।
खुलेआम ठगि गर्नेहरुको जानकारी हुँदा पनि स्वमं ब्यक्ती उजुरी गर्न जाँदैन । किनकी उसलाई बिदेश जानु छ । केही पैसा कमाउनु छ । लागेको ऋण तिर्नु छ । यसबाट के प्रष्ट हुन्छ भने ठगि गर्ने गिरोहको सञ्जाल बलियो छ र नियामक निकाय मौन छ ।
यता जाने दिन सम्म कागजी सहमती हुँदैन र कारोबार पनि । जब एयरपोर्टमा जानेबेला हुन्छ । तब सबै काम हुन्छ । अनि के थाहा लेटरमा के लेखिएको छ । के सुविधा, कति तलब । हतारोमा २० हजारको कारोबार भएको विलमा १ लाख भन्दा बढीको कारोकार हुन्छ । यत्रि मात्र कहाँ हो र !
कैयौँ दलालले महिलामाथि शोषण गर्ने, प्रेम र विवाहको समेत आसा देखाएर महिलामाथि शोषण गरेका छन् काममा लगाइदिने भन्दै विदेश लगेर बेच्ने गरेका छन् । कतिपय नेपाली महिला कामकै सिलसिलामा गएकाहरू नेपाल फर्कदा बच्चासमेत लिएर आउन बाध्य छन् । नेपाल आएपछि घरपरिवारबाट घर निकाला गरिदिने, एकले अर्कोलाई नस्विकार्ने जस्ता घटना दिन प्रतिदिन बढिरहेका छन् ।
जुन सुकै रुपमा गएपनि बिदेश गएपछि सुरु हुन्छ कर्मथलोमा कठिन परिक्षा । कतार लयागतका मुलुकमा त सबैभन्दा कठिन त्यहाँको हावापानी हो । तातो हावा र तातो घाममा काम गरेर रातमा एसी चलाएर सुतेकै अवस्थामा प्राण जाने गरेको छ । खाडी मुलुकमा नेपालीहरु कम पारिश्रमिक पाउने तर बढि परिश्रम गर्नुपर्ने सडक, घर निमार्णमा मजदुरका रुपमा काम गर्छन । हुनत केही नेपालीहरु दक्ष कामदारका रुपमा राम्रो परिश्रमिक र सुविधा भएको ठाउँमा पनि भेटिन्छन । आफ्नै पेशा ब्यवसायमा लागेका पनि छन । समस्या एउटा काममा भनेर लगिन्छ अनि पुगेपछि अन्तै पठाइन्छ ।
खाडी मुलुकमा नेपालीहरुलाई कसरी चिनिन्छ भन्ने पनि छ । हामी वीर गोर्खालीको देश, सगरमाथाको र गौतम बुद्धको देश भनेर गर्व गछौँ तर त्यो भन्दा अत्यन्तै फरक हुन्छ काम गर्ने ठाउँमा । नेपालीहरुलाई सोझो र इमानदारीतामा केही राम्रो रुपमा हेरिन्छ तर नेपालीहरु जसरी तल्लो स्तरमा र कम दक्षता हुने ठाउँमा काम गर्छन त्यसकै आधारमा निमुखा प्राणी र दुनीयाँकै गरिव देशका मान्छे भनेर हेपिन्छन । कतारकै कुरा गर्ने हो भने त्यहाँ नेपाली र बंगाली भनेर अपहेलित शब्द प्रयोग गर्ने गरेको धेरैको बुझाई छ ।
नेपालीहरु बिदेशमा हेपिनुको मुख्य कारण नेपालले बैदेशिक रोजगार संवन्धि स्पष्ट मापदण्ड अनुसार कामदार पठाउन नसक्नु हो । योग्यता र दक्षता अनुसार कामदारलाई बिदेश पठाउन नसक्नु हो । बिदेश स्थित नेपाली दुतावासबाट पनि नेपालीहरुको समस्याका बारेमा प्रयाप्त चासो पुग्न नसक्नु हो । बिदेशी मुलुकहरुसंग अब्यबहारिक श्रम सम्झौता हुनु र समयमा नविकरण नहुनु अर्को समस्याका रुपमा छ । आवश्यक संसोधन गर्नेतर्फ पनि सरोकारवाला निकाय मौन देखिन्छन । नेपाली कामदारका हकहितमा काम गर्नुपर्ने सरकारी निकायको फितलो उपस्थितिले झन ठुलो समस्या उब्जाएको छ । त्यतीमात्र हैन बैदेशिक रोजगारीका कारण घर ब्यबहारबाट टाढिएका हजारौँ नेपालीहरुको गृहस्थी पनि ध्वस्त भएका छन । रोजगारीका कारण टाढिएका परिवारहरु टुक्रिरहेका छन । एक्लीनुको बाध्यता र पिडाले सल्केको आगोले विकराल रुप लिँदै छ । यसैका कारण समाजमा वलात्कार, योनजन्य अपराध, सम्वँध विच्छेद र हत्याका घटनाहरु बढिरहेको बिभिन्न अध्ययनले देखाएका छन ।
पराईको भुमीमा पिडामाथी पिडाको भारी बोकेर जिवन बिताउन बाध्य छन खाडी मुलुकमा काम गर्ने अदक्ष नेपाली कामदारहरु ।
रोजगारमा जानेले पनि कानुनी प्रक्रिया पु¥याएर जानु आवश्यक छ । केही प्रक्रिया पु¥याएपछि जोखिमबाट बच्न सकिन्छ । यसतर्फ चनाखो हुनु हरेक नेपाली नेपालीले अति आवश्यक छ । रोजगारका लागि जानेहरूलाई जाने देशको भाषा, संस्कृति, कानुन अधिकारबारे पर्याप्त जानकारी नहुँदा जोखिममा पर्ने सम्भावना बढेको छ । नेपालबाट रोजगारका लागि भन्दै विदेशिनेहरू अधिकांशले खाडी मुलुकलाई गन्तव्य बनाउन बाध्य भएका छन् । यसरी विदेश जानेहरूमा पनि आर्थिक, सामाजिक, घरपरिवारबाट दबाइएका वा आर्थिक हिसाबले पछाडि पारिएकाहरू बढी छन । अधिकांशले विदेश भन्न साथ ठूलो अपेक्षा गर्ने गर्दछन् र पछि समस्या पर्दा अत्तालिएर आत्महत्यासमेत गरेका घटना पनि छन् । त्यसैले अनिवार्य रूपमा अभिमुखीकरण तालिम भनिए पनि त्यसलाई प्रभावकारी बनाउन नसक्दा लुकीछिपी भारतको बाटो भएर रोजगारमा जाने हुँदा यसले झनै जोखिम बढाएको छ । आफू विदेश जानुभन्दा पहिले कुन ठाउँ जाने हो त्यहाँ गएर के काम गर्ने हो सीप सिकेको कामको विवरण तलबबारे बुझनु अति आवश्यक छ । वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानु पर्दछ । सगरमाथाको देश, गौतम बुद्धको देश, सांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण जलस्रोतको पनि दोस्रो देश भनेर चिनिने नेपालीहरूको अस्तिव्वलाई मेटाउने काम गर्नु हुँदैन ।
देश भित्रै उपलब्ध श्रोत र साधनको सदुपयोग गर्दै मुलुकमा रोजगारी सिर्जना गराउनेतर्फ लाग्नु ढिला भैसकेको छ । भएकै श्रोतको उपयोग गदै आर्थिक बिकासका अवशरहरु शिर्जना गर्दै बिदेश पलायन हुने लाखौँ युवाशक्तीलाई परिचालन गरेर बढदो बेरोजगारी सामस्या समामान गरी खाडी मुलुकमा तल्लो स्तरमा काम गर्ने जाने नेपालीहरुको संङख्यामा कमी ल्याउन सकिन्छ । नेपाल सरकारले तत्काल बिदेशी मुलुकहरुसंग ब्यबहारिक श्रम सम्झौता गर्नु र आवश्यक संसोधन सहित समयमा नविकरण गर्नेतर्फ ध्यान पु¥याउनु आवश्यक देखिन्छ । राजनितिक स्थिरताको अन्त्य गर्दै आर्थिक बिकासमा आफुलाई केन्द्रित गराउनु राजनितिक दलहरुको कर्तब्य हो । नेपालमा केही छैन भन्ने मानसिकता त्यागेर नयाँ सोचको विकास गर्दै मुलुकको आर्थिक बिकासमा योगदान गर्नेतर्फ सोच बनाउनु आफनो दायित्य हो भन्ने बोध आम युवाले बोध गर्नु जरुरी छ । राज्यले पनि युवालाई प्रोत्साहन गर्ने गरी निति तथा कार्यक्रम ल्याउनुपर्छ । बैदेशिक रोजगारीमा भएका समस्याहरु समाधानमा पनि युवाहरुले खबरदारी गर्न सक्नुपर्छ । देश भित्रै सञ्चालन भैरहेको ठगि धन्दामा सरकारी आखाँ पुग्नुपर्छ । नियामक निकाय सक्रिय हुनुपर्छ । राजनितिक पहुँच र आस्थाका आधारमा दोषीलाई छुट दिने पवृति अन्त्य गरिनुपर्छ ।
११ कात्तिक २०७२, बुधवार १६:०५ बजे प्रकाशित