पहिलो महिला राष्ट्रपति : एमालेकी विद्या भण्डारी !

Bidhya-Bhandariकाठमाडौँ, कात्तिक ९ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीका उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीबाट राष्ट्रपतिका उम्मेदवार भण्डारीलाई विजयी गराउन प्रयत्न गर्ने र त्यसका लागि अन्य दलहरुसँग लिखित पत्राचार गर्ने बताए । एमालेले उपराष्ट्रपतिको हकमा भने समावेशीता र राजनीतिक सन्तुलन मिलाउने गरी संसद्मा उम्मेदवारी दर्ता गराउनुभन्दा अघि निर्णय लिने निर्णयसमेत गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नेपालको संविधानअनुसार ११ गतेको संसद् बैठकमा मतदान हुनेछ । एमाले उपाध्यक्ष भण्डारी राष्ट्रपति निर्वाचनमा विजयी भएमा नेपालको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ ।

९ कात्तिक २०७२, सोमवार ०८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु