चीनले पनि बोली फेर्यो, बुधबार मात्रै इन्धन आउने

रसुवा, कात्तिक ९ । rasuwa_16करिब एक महिना अघिदेखि जारी भारतको अघोषित नाकाबन्दीपछि चीनबाट ल्याउने भनिएको इन्धन पर्सी मात्र नेपाल आउने भएको छ।

यसअगाडी नेपालका लागी चिनिया राजदुत उ चुन्ताई मंगलबार अथवा भोली नै नेपालमा इन्धन आइपुग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो प्रक्रियाका लागी आज नेपाली टोली बेइजिङ जादैछ ।  चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट ल्याउने छन् ।

अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पु¥याउने वाणिज्य विभागमार्फत जानकारी पाएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिने बताइएको छ । भूकम्पपछि चिनियाँ भू–भागमा बिग्रिएका सडक मर्मतसम्भार र पुनःनिर्माण गरी केही दिनदेखि सञ्चालनमा ल्याइएको छ ।

रसुवागढी नाका पूर्णरुपले सञ्चालनमा आउने भएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले आफ्नो सुरक्षाफौज टिमुरेमा तैनाथ गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिए।

राजस्व सङ्कलनमा पूर्ण रुपले सहयोग गर्दै सीमाको सुरक्षा र सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने प्रतिबद्धता उनले व्यक्त गरे ।  यसैबीच, चीनबाट अन्य उपभोग्य सामान आयातका लागि १३ जना व्यापारी र स्थानीयबासिन्दा आइतबार नै अपराह्न तिर अध्यागमनको अनुमति लिएर केरुङतर्फ प्रस्थान गरिसकेका छन् ।

९ कात्तिक २०७२, सोमवार ०६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु