कञ्चनपुरमा बम भेटियो, सेनाद्धारा सकुशल निष्क्रिय
कञ्चनपुर, ९ कात्तिक । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–५ वन समितिमा भेटिएको प्यारा बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
आइतबार दिउँसो वन समितिका स्थानीयवासी दीपक भट्टको खेतमा भेटिएको बम यहाँस्थित यहीकै नेपाली सेनाको श्री २५ बाहिनी र हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले राति निष्क्रिय पारेको हो ।
हनुमानध्वज गुल्मका गुल्मपति सेनानी विष्णु थापाले सेनाले उक्त बेवारिसे अवस्थामा रहेको बम निष्क्रिय पारेको जानकारी दिए । इलाका प्रहरी कार्यालय झलारीले बम द्वन्द्वकालमा छाडिएको हुन सक्ने आशङ्का गरेको छ ।
९ कात्तिक २०७२, सोमवार ०२:१९ बजे प्रकाशित