प्रतिपक्षीले सरकार टिकाउने भूमिका निर्वाह गर्दैनः सभापति देउवा
रुपन्देही । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन । नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा गरेको संविधान कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका विषयको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले भने जनताका समस्या एकातिर छन संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ, मधेसका समस्या समाधान गर्नु परेको छ तर सरकार भने गम्भीर नदेखिएकाले काँग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा गर्नै नसकिने योजनाहरु सुनाईरहेको प्रतिक्रिया टिप्पणी गरे । कार्यक्रममा उनले प्रधानमन्त्रिलाई जे पायो त्यही बोलेर जनतालाई नझुक्याउन सुझाव दिए ।
९ जेठ २०७३, आइतवार १४:३६ बजे प्रकाशित