माओवादी केन्द्र बहुपदीय प्रणाणीमा जाने

maobadi kendraकाठमाडौँ । पार्टी एकीकरणपछि आज बसेको नेकपा माओवादी केन्द्रको पहिलो बैठकले पार्टी नेतृत्वलाई बहुपदीय प्रणालीमा लैजाने विकल्प अघि सारेको छ ।  पुरानो बानेश्वरस्थित अनुपमा पार्टी प्यालेसमा बसेको केन्द्रीय समतिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालन, कार्यविभाजन लगायत एजेण्डा प्रस्तुत गर्दै पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने बताए ।  बैठकमा अध्यक्ष दाहालले पार्टीको साङ्गठनिक प्रस्ताव प्रस्तुत पनि गरेका छन ।  विभिन्न समूहमा विभाजित माओवादी मिलेर गठन भएको माओवादी केन्द्रमा ६९९ सदस्यीय केन्द्रीय समिति रहेको छ । अध्यक्ष दाहालले प्रस्तुत गरेको साङ्गठनिक प्रस्तावबमोजिम पदीय बाँडफाँड कसरी गर्ने भन्नेबारे नेताले आवश्यक तयारीका साथ भोलिको बैठकमा प्रस्तुत हुने बताइएको छ । माओवादी केन्द्रले कार्य्विभाजन, तत्काल गरिनुपर्ने कार्यक्रमलगायतबारे निर्णय गर्नेछ । बैठकपछि केन्द्रका नेता दिनानाथ शर्माले समितिको सोमबार दिउँसो १ बजे बस्ने बैठकका दाहालको प्रस्तावमाथी छलफल हुने जानकारी दिए ।

९ जेठ २०७३, आइतवार १५:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु