यहि २५ गते संसदमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाण्डौँ । यहि बैशाख २५ गते ब्यवस्थापिका संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख ओनसरी घर्ती मगर र प्रमुख दलका प्रमुख सचेतकबिच आज भएको छलफलले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मिति टुंगो लगाएको हो । संसदमा राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन । छलफलपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि संशोधन म्याद २६ गतेलाई तोकिएको जानकारी दिए । नीति तथा कार्यक्रमपछि जेठ १५ गते सरकारले वार्षिक बजेट प्रस्तुत गर्नेछ ।
पर्सीदेखी शुरु हुन लागेको संसदको बजेट अधिवेशनको पहिलो दिनको दोस्रो बैठकमा अर्थमन्त्री विष्णु पौडेलेले प्रि बजेट छलफल गर्न प्रस्ताव गर्नुहुनेछ । यहि वैशाख २२, २३ र २४ गते तीन दिनसम्म प्रि बजेट छलफल हुनेछ । यसअघि ब्यबस्थापिका संसद कार्यसञ्चालन नियमावली मस्यौदामा सहमतिका लागि सभामुख ओनसरी घर्ती र प्रमुख ३ दलका शीर्ष नेताहरु बिचको छलफलमा शीर्ष नेताहरुले भोलिसम्म सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । संसदिय सुनुवाई समितिको सदस्य संख्याका सम्वन्धमा दलहरुबिच कुरा नमिल्दा सिफारिस भएका न्यायधिस र राजदुतको नियुक्ति हुन सकिरहेको छैन ।
१९ वैशाख २०७३, आइतवार १५:२५ बजे प्रकाशित