युवा सशक्तीकरण अभियान
काठमाडौ । नेकपा एमाले निकट युवा सङ्घ नेपालले आफ्ना मातहतका विभाग तथा क्षेत्रीय कमिटीलाई २६औँ स्थापना दिवसमा ९आगामी जेठ १ गते देशभर ‘युवा सशक्तीकरण अभियान’ परिचालन गर्ने भएको छ । सङ्घका अध्यक्ष राजीव पहारीको अध्यक्षतामा बसेको बैठकले अञ्चल, जिल्ला, नगर, क्षेत्र, इलाका कमिटीलाई आ–आफ्नो स्थानमा युवामैत्री कार्यक्रम तथा सामाजिक कार्य सञ्चालन गर्न आग्रह गरेको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए । त्यसैगरी विभिन्न विद्यालय, सार्वजनिकस्थल, वृद्धाश्रम सरसफाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान तथा खानेकुरा वितरण गरिने कार्यक्रम छ । मुलुकमा विद्यमान समस्या तथा समसामयिक विषयमा बुद्धिजीवीबाट विचार गोष्ठी अन्तक्र्रियालगायत कार्यक्रम राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सङ्घका संस्थापक अध्यक्ष हुन ।
१९ वैशाख २०७३, आइतवार १५:३१ बजे प्रकाशित