एकता, विकास र समृद्धिका लागि प्रतिवद्ध : प्रम ओली

ram-nath-dhakal-Smriti-savaकाठमाण्डौँ, २२ चैत । प्रधानमन्त्री केपी ओलीले सरकार देशको एकता, विकास र समृद्धिका लागि प्रतिवद्ध रहेको बताएका छन ।  नेकपा एमालेका नेता रामनाथ ढकालको प्रथम स्मृति दिवशका अवसरमा आज एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले सरकारका बारेमा अनेक खाले हल्ला फिँजाउने कुरालाई वास्ता नगरिने बताए ।  संविधान निर्माणका लागि दिवंगत नेता ढकालको ठूलो भूमिका रहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँका उदेश्यहरुलाई सफल पार्न लाग्नुपर्नेमा जोड दिए ।  वास्तविक समस्याको समाधान गर्न सरकार तयार रहको तर नक्कली समस्या सिर्जना गरेर त्यसबाट लाभ लिन खोज्नेलाई पराजित गरिने प्रधानमन्त्रिको दृढता छ ।

२२ चैत २०७२, सोमवार १४:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु