संसद नियमावली मस्यौदाका विवादित विषय टुंग्याउन मतदान

काठमाण्डौँ, २२ चैत । ब्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली मस्यौदा समितिले विवादित विषय मतदानबाट टुंगो लगाउने निर्णय गरेको छ । सिंहदरबारमा बसेको समितिको आजको बैठकले नियमावलीमा सहमति जुट्न नसकेका विषयबारे टुङ्गो लगाउन यहि चैत २५ गते दिउँसो ३ बजेलाई मतदानको समय तोकेको छ । संसदीय सुनुवाई विशेष समिति कति सदस्यीय बनाउने भन्नेमा दलहरुबिच सहमति हुन सकेन । नेपाली कांग्रेस र साना दलले पहिल्यैकै व्यवस्था अनुसार संसदीय सुनुवाई विशेष समिति ७३ सदस्यीय बनाउनु पर्ने अडान राख्दै आएका छन् भने सत्तारुढ दलले नयाँ संविधान अनुसार विशेष समिति १५ सदस्यीय हुनु पर्ने अडान राखेका छन् । हिजोको मस्यौदा समिति बैठकमा उप–समितिले यसअघिको प्रतिवेदनमा केही परिमार्जन सहितको प्रतिवेदन पेश गरेको थियो ।  समितिलाई नयाँ संविधान अनुसार संसद बैठक तथा संसदीय गतिविधि सञ्चालनका लागि नियमावली बनाउने जिम्मेवारी छ ।

२२ चैत २०७२, सोमवार १४:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु