कांग्रेसमा ७ जना केन्द्रीय समितिमा मनोनयन
काठमाण्डौँ, चैत्र ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टी कार्यालय सनेपामा आयोजित नवनिर्वाचितहरुलाई प्रमाण पत्र वितरण समारोहमा देउवाले सभापतिको अधिकार प्रयोग गर्दै मनोनितहरुको नाम घोषणा गरेका हुन् । उनले सभापतिका प्रतिस्पर्धी रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित उम्मेदवारहरु अर्जुननरसिंह केसी, गगन थापा, कोषाध्यक्षकी आकांक्षी चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रिय सदस्य मनोनित गरेका छन । देउवाले तत्कालिन सभापति शुशील कोइरालाको निधनको दिनदेखि बिरामी परेका नेता नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्य मनोनयन गरेका छन । आचार्य बिरामी भएर चुनावी प्रतिस्पर्धामा भाग लिन पाएका थिएनन् । पार्टी विधानले निर्वा्चित सभापतिलाई २१ जना केन्द्रीय सदस्य मनोनयनको अधिकार दिएको छ ।
३ चैत २०७२, बुधवार १५:०९ बजे प्रकाशित