सार्क मिनी सम्मेलन : निर्णय कार्यान्वयनमा जोड

पोखरा, ३ चैत ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको पोखरामा जारी सम्मेलनमा सहभागीहरुले पुराना निर्णय कार्यान्वयनमा जोड दिइरहेका छन । आज बसेको सचिवस्तरीय बैठकले यसअघिका बैठक तथा सम्मेलनमा पारित भएका तर कार्यान्वयन हुन नसकेका निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने प्रस्ताव समेत पारित गरेको छ ।  hhhपहिचान गरेका विषय परिमार्जन गरेर पनि कार्यान्वयन गरिनुपर्नेमा बैठकमा सहभागी सदस्य राष्ट्रहरु सहमत भएका छन ।
सार्क स्थायी समितिले विशेषगरी वातावरण, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, बायो टेक्नोलोजी, वित्तीय सहयोग, क्षेत्रीय योजना परिषद्, साफ्टा टेडिङ्ग, सामाजिक विकास, गरिवी निवारण, स्वास्थ्य, जनसंख्या, टेलिकम्युनिकेशन, सूचना प्रविधि, लागू औषध, पर्यवेक्षणलगायत विषयमा छलफल भएको छ ।
यसैबिच बिहीबार हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सार्क राष्ट्रका विदेशमन्त्रीहरु पोखरा आइपुगेका छन् । सम्मेलनमा भाग भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि आइुिगेकी छिन् ।

३ चैत २०७२, बुधवार १५:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु