न्यायाधीशका लागि सिफारिस पत्र फेरि संसदमा

काठमाडौं, चैत ३ । न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि सुनुवाई गर्न पुरानै सिफारिस सहितको पत्र फेरी संसद पठाएको छ । फिर्ता पठाइएका ११ जना न्यायाधीशको संसदीय सुनुवाई गर्न परिषदले मंगलबार फेरि पत्राचार गरेको हो । न्यायपरिषदले सिफारिस गरेको ११ न्यायाधीशको संसदीय सुनुवाई गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पनि व्यवस्थापिका संसदमा बुझाइएको छ ।
यसअघि सर्वोच्च अदालतले न्यायाधीश नियुक्तिको सिफारिस न्यायपरिषदमै फिर्ता पठाउने सभामुख ओनसरी घर्तीको निर्णय त्रुटीपूर्ण रहेको ठहर गर्दै परिषदको सिफारिस निर्णयमा प्रतिकुल असर पर्ने कुनै कामकारबाही नगर्न र यथास्थानमा राख्न आदेश दिएको थियो । सर्वोच्चले न्यायपरिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेका ११ जनाको सार्वजनिक सुनुवाई गर्न पनि भनेको छ ।

३ चैत २०७२, बुधवार ०३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु