हिमाली जिल्लामा दादुरा रुबेला विरुद्धको खोप

काठमाडौं, ३ चैत । खोप अभियानको चौथो चरण अन्तरगत बुधबारदेखि हिमाली सात जिल्लामा दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु हुँदैछ ।  सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, डोल्ला, मुगु  र जुम्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।   यसअघि खोप शाखाले पहिलो चरणमा भूकम्प अति प्रभावित १४ जिल्लामा, दोस्रो चरणमा मध्यपश्चिम, पश्चिम र सुदूरपश्चिमका ३३ जिल्लामा र तेस्रो चरणमा पूर्वाञ्चल र मध्यमाञ्चलमा १७ जिल्लामा खोप अभियान चलाएको थियो । बालबालिकालाई ९ महिना पुगेपछि दादुरा र रुबेला विरुद्धको पहिलो खोप दिनुपर्छ । ९ महिनामा खोप दिएपछि १५ महिनामा फेरि दोस्रो खोप दिनुपर्ने हुन्छ ।

३ चैत २०७२, बुधवार ०३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु