होली पर्व सुरु

Holi-ko-Chirकाठमाडौं, ३ चैत्र । यसवर्षको होली पर्व विधिवत रुपमा सुरु भएको छ । राजधानीको बसन्तपुरमा चीर ठड्याएसँगै रंगको पर्व होलीको औपचारिक सुरुवात भएको हो । फाल्गुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीन तले चीर ठड्याएसँगै होली पर्व सुरु भएको मानिन्छ ।  नेपाल पञ्चाङ्ग निर्णयक समितिले भनेको उत्तम साइत बुधबार विहान ७ बजेर ४७ मिनेटमा चीर ठड्याएको छ । बुधबार ठड्याइएको लिंगो होलीको दिन आउँदो मंगलबार बेलुकी सेलाइनेछ । धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रहलादलाई मार्न आफ्रनी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रहलादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । काठमाडा ैंसहित पहाडमा आउँदो मंगलबार र तराईमा बुधबार होली मनाईंदैछ ।

३ चैत २०७२, बुधवार ०३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु