चिकित्सक लाइसेन्स पुनः दर्ता गरिने
काठमाडौं, ३ चैत्र । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको लाइसेन्स ‘स्थायी चिकित्सक प्रमाणपत्र’ पुनः दर्ता गर्ने भएको छ ।
काउन्सिलका अनुसार मुलुकभर छरिएर सेवा दिइरहेका, लाइसेन्स पाएर पनि काम नगरेका, विदेशमा पुगेर सेवा दिइरहेका चिकित्सकहरूको लाइसेन्स अनलाइन मार्फत पुनः दर्ता गर्न लागिएको हो । काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले आउँो वैशाखदेखि ६ महिनाभित्र काम सक्ने गरी सरल र सहज रूपमा चिकित्सकको लाइसेन्स पुनः दर्ता गरिने बताए । स्थायी लाइसेन्स प्राप्त चिकित्सकहरूले जुनसुकै स्थानमा रहे पनि आफ्नो नाम, योग्यता, विशेषज्ञ कार्यरत स्वास्थ्य संस्था, ठेगानालगायतको जानकारी तोकिएको मितिभित्र अनलाइनमार्फत काउन्सिलमा पठाउनुपर्ने हुन्छ ।
३ चैत २०७२, बुधवार ०३:०३ बजे प्रकाशित