मधेसी मोर्चाका नेताहरुसंग जयशंकरको भेट
काठमाडौं, २ चैत्र । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव एस जयशंकरले मधेसी मोर्चाका नेताहरुसँग भेटवार्ता गरेका छन् । जयशंकरले बत्तीसपुत्तलीस्थित द्वारीकाज होटलमा मंगलबार बिहान मधेसी मोर्चाका नेताहरु राजेन्द्र महतो, लक्ष्मण लाल कर्णसहितका नेताहरुसंग भेटवार्ता गरेका हुन । उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका केही नेता भने अहिले भारतमा रहेका छन् । भेटमा मधेस आन्दोलनका विषयमा कुराकानी भएको थियो । मोर्चाका नेताहरुले मधेसको माग सुनुवाइ गर्न सरकार गम्भीर नरहेको, सम्झौता अनुसार माग पूरा नगरेको लगायतका गुनासो गरेका थिए । जवाफलमा जयशंकरले यस विषयमा आफूले पनि छलफल गर्ने बताएका थिए ।
२ चैत २०७२, मंगलवार ०७:१९ बजे प्रकाशित