राष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमूखहरुद्धारा वडादशैँको सुभकामना

इपब्लिक संबाददाता, काठमाण्डौँ । विजयादशमीको अवसरमा राष्ट्रपती, उप–राष्ट्रपती, प्रधानमन्त्री लगायत राजनीतिक दलका प्रमूखहरुले आम नेपालीहरुमा सुभकामना दिएका छन ।  राष्ट्रपती रामवरण यादवले शुभकामना सन्देशमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएर संविधान निमार्ण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाएका छन् । उपराष्ट्रपति परमानन्द झाले पनि बडादसैँको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपालीहरुलाई शुभकामना दिंदै संविधानसभाबाट संविधान जारी भएसँगै गएको सात दशकदेखिको जनताको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको बताएका छन् ।

५ कात्तिक २०७२, बिहीवार ०२:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु