नेपाल यू–१९ विश्वकपका लागि छनोट

इपब्लिक संबाददाता । नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ । मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल सातौंपटक यू १९ विश्वकपमा छनोट भएको छ । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन बनाउन सक्यो । १८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका प्रारम्भिक ब्याट्स्म्यान सन्दिप सुनारलाई पहिलो बलमै गुमाएको थियो । सन्दिपले हिजो बुधबार आयरल्याण्डसँगकै खेलमा ८५ रन बनाएका थिए । अर्का ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७ रन बनाए । उनले हिजोको खेलमा ७५ रन बनाएका थिए ।

५ कात्तिक २०७२, बिहीवार १०:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु