आज बिजया दशमी, टीका र आर्शिबाद गहण गरि मनाइँदै,
इपब्लिक संबाददाता । बडा दशैंको महत्वपूर्ण दिन आज बिजयादशमी, मान्यजनबाट टीका र आर्शिबाद ग्रहण गरि मनाईंदैछ । नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार आज बिहान १० बजेर ५५ मिनेटमा टीकाको उत्तम साईत भए पनि दिनभर टीका लगाउन कुनै बाधा हुँदैन ।
दसैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक विसर्जन गरि नवर्दुगा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा एवं मान्यजनहरुबाट टीका र जमरा लगाएर मनाईदै छ ।
पूजा तथा सप्तशती गरिएको कलशको जल अभिषेक गरी टिका–प्रसाद लगाउनाले बर्षभरी सुख शान्ति र आरोग्य मिल्छ भन्ने मान्यता छ ।
असत्यमाथि सत्यको विजयको रुपमा मनाइने यो पर्व मर्यादा पुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्ति स्वरुपा देवि भगवतीले महिषसुर दैत्यको बध गरी विजय प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ ।
यसैगरी
राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपती रामबरण यादबले आज सर्बसाधारणलाई टिका लगाई दिनुहुनेछ । राष्ट्रपति यादवको हातबाट दसैँको टीका थाप्न चाहने सर्वसाधरणका लागि दिउँसो साँढे १ बजेदेखि साँझ पाँच बजेसम्म शीतल निवास खुल्ला रहने छ ।
५ कात्तिक २०७२, बिहीवार ०१:३२ बजे प्रकाशित