राष्ट्रिय सभाको दिगो विकास समितिमा वामदेव गौतम मनोनीत

राष्ट्रिय सभाको बिहीबारको बैठकले नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उहाँलाई सो समितिमा मनोनयन गरिएको हो।

बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गरेका थिए।

२३ पुस २०७७, बिहीवार १७:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु