कोरोनाको कथामा आधारित फिल्म ‘सहारा’ रिलिज
कोरोनाको कथामा आधारित फिल्म ‘सहारा’ रिलिज गरिएको छ ।
कोरोना महामारीको कथामा निर्माण भएको यो छोटो चलचित्रले बेरोजगार, मानिसहरुको सम्बन्धमा पारेको असरलाई उठाएको छ ।
यो छोटो चलचित्रमा ध्रुव दत्त, श्रृजना निङ्गलेकु, पुरु राइको अभिनय छ ।
यो चलचित्रको लेखन तथा निर्देशन पुरु राइले गरेका छन् ।
कोरोना भाइरसका कारण बढेको बेरोजगारी, बेरोजगारीका कारण एक जोडीमा उत्पन्न भएको विभिन्न समस्यालाई यसले उठान गरेको छ ।
छोटो चलचित्र ‘सहारा’मा छायांकन तथा सम्पादन कुशल श्रेष्ठको छ ।
टुवाई ब्यानरमा निर्माण भएको चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा निर्माणपक्षको छ ।
चलचित्र युटुबमा सर्च गरेर अवश्य हेर्नुहोला ।
२३ पुस २०७७, बिहीवार १७:२८ बजे प्रकाशित





