थपिए ४१२ संक्रमित, ४८३ डिस्चार्ज, चारको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४८३ जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
जसमध्ये २ लाख ५६ हजार ६४४ जना डिस्चार्ज भएका छन् भने १९ सय ३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले ५ हजार ५८ जना आइसोलेसनमा रहेका छन् भने ३४२ जना क्वारेन्टिनमा छन् ।
नेपालमा अहिलेसम्म १९ लाख ६९ हजार २९२ जनाको पीसीआर परीक्षण भएको छ।
२३ पुस २०७७, बिहीवार १६:४८ बजे प्रकाशित