सरकार सञ्चालनको ठोस योजना देउ : उपप्रधानमन्त्री रायमाझी
काठमाडौँ, ९ फागुन । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सरकार सञ्चालनका लागि पार्टीले ठोस योजना दिन नसकेको गुनासो गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल निबास लाजिम्पाटमा बिहान बसेको स्थायी समिति बैठकमा उनले सरकार सञ्चालनका लागि ठोस योजना ल्याउन माग गरेका हुन ।
सरकारका कामको समीक्षा तथा पार्टी संगठनको अवस्थाबारे समीक्षा गर्न जारी स्थायी समिति बैठकमा उनले भने ’जनताको अपेक्षा ठूलो छ तर आन्दोलन र नाकाबन्दीका कारण चाहेर पनि केही गर्न सकिएन’ ।
एकिकृत माओवादीको तर्फबाट सरकारको नेतृत्व गरेका मन्त्री रायमाझीलाई उद्धृत गर्दै एक नेताले भने, ’साना साना काम पनि गर्न नसकिएको अवस्था छ, पार्टीले सरकार सञ्चालनको ठोस योजना ल्याओस्, त्यसका लागि पर्याप्त बहस होओस् ।’
स्थायी समिति बैठक भोलि बिहान ८ बजे पनि बस्नेछ ।
९ फागुन २०७२, आइतवार १०:०५ बजे प्रकाशित