२१ सहसचिवको पदस्थापन, ४ सह–सचिवको सरुवा (सूचीसहित)
काठमाडौं,२५ माघ । सामान्य प्रशासन मन्त्रालयले उपसचिवबाट सहसचिवमा बढुवा भएका २१ जनालाई पदस्थापन र चार जनालाई सरुवा गरेको छ ।
लोकसेवा आयोगको सिफारिसअनुसार माघ २० गते मन्त्रिपरिषद बैठकले जेष्ठताका आधारमा प्रशासन समूहका २१ र लेखापरीक्षण समूहबाट एक गरी २२ उपसचिवलाई सहसचिवमा बढुवा गरेको थियो । थप २० जना उपसचिवलाई कार्यक्षमता मूल्यांकनका आधारमा सहसचिवमा बढुवा गर्ने अन्तिम तयारी भैरहेको जनाइएको छ ।
२५ माघ २०७२, सोमवार ०३:५८ बजे प्रकाशित