ट्रक र बस ठोक्किदा एकको मृत्यु, आठ घाइते

चितवन, २५ माघ । पूर्व चितवनको खैरहनीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् ।

सोमबार विहान पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५७ नंको ट्रक अनियन्त्रित भएर पल्टिएको स्थानमा काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ६३१९ नंको बनेपा डिलक्स बस एक्कासि ठोक्किन पुग्दा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी लडेको ट्रकको सामान मिलाउँदै गरेका सुनिल बस्ताकोटीको ज्यान गएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक जीतेन्द्र चौधरीले जानकारी दिए ।

बसले हान्दा ट्रकका सहचालक शिवराम खत्रीसहित बसका यात्रु आठजना घाइते भएका छन् । उनीहरुको अहिले चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राति करिब १२ बजेको समयमा ट्रक पल्टिएको थियो । ट्रकको सुरक्षाका लागि प्रहरी भ्यानसहित बसेकाबेला बसले प्रहरी भ्यानलाई ठक्कर दिएर पल्टिएको ट्रकलाई समेत ठक्कर दिन पुगेको खैरहनीका प्रहरी सहायक निरीक्षक चौधरीले जानकारी दिए ।

२५ माघ २०७२, सोमवार ०३:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु