रक्सौलबाट एक हप्ता पछि मात्रै इन्धन आयात सहज हुन्छ : निगम
काठमाडौ, माघ २५। गएको शुक्रबारदेखि विगञ्ज रक्सौल नाका खुले पनि तत्काल पर्याप्त इन्धन आपूर्ति नहुने भएको छ । इन्डियन आयल कर्पोरेसनले पर्याप्त परिमाणमा इन्धन उपलब्ध गराएमा एक् हप्तापछि मागअनुसार रक्सौल नाकामार्फत आपूर्ति गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार रक्सौल नाका खुले पनि आइओसीले निगमको मागअनुसार इन्धन उपलब्ध गराउनेगरी आश्वस्त बनाउन सकेको छैन ।
लामो समयदेखिको नाकाबन्दीका कारण इन्धन आपूर्ति गर्न नेपाल र भारतीय पक्षले अपनाउँदै आएका सम्पूर्ण संयन्त्र भत्किसकेको र आईओसीले भरपर्दो आश्वासन नदिएकाले तत्कालै मागअनुसार इन्धन भित्र्याउन नसकिने उनले बताए ।
२५ माघ २०७२, सोमवार ०३:४५ बजे प्रकाशित