‘३ महिना भित्र मौरी निति आउँछ’

bee-heroकाठमाण्डौँ, माघ २५ । सरकारले मौरी निति ल्याउने तयारी गरेको छ । एग्रो टाइम्सले राजधानिमा गरेको नेपालमा मौरी पालन ब्याबसायको संभाबना र चुनौती बिषयक अन्तरक्रियामा कृषि बिकास मन्त्रालयका सह–सचिब सुरोज पैखरेलले मौरी पालनलाई ब्याबसायिक रुपमा बिकास गर्न मन्त्रालयले ३ महिना भित्र मौरी निति ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए ।
मौरीपालनलाई व्यवसायीक बनाउन सरकारले दिने सेवा सुविधा, मौरी चरणको सुविधा, व्यवसाय अपनाउँदा राज्यका तर्फबाट किसानले पाउने सुविधाल गायतका बारे नीतिले सम्बोधन गर्ने मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले जानकारी गराए ।
मन्त्रालयका अनुसार अहिले देशभर १ लाख ७० हजार मौरीका घार छन् । वार्षिक १ हजार ६ सय टन मह उत्पादन हुँदै आएको छ । मिडिया इन्टरनेशन अनामनगरमा भएको कार्यक्रममा एग्रो टाइम्सले राजधानि बाहिरका ९ जना मौरी पालक कृषकहरुलाई सम्मान गरेको छ । सम्मानपछि कृषक राम शाहले सम्मानले अझ काम गर्ने हैसला मिलेको प्रतिक्रिया दिए ।14397918550ebe183a
मौरी पालन ब्यासाय र यसको महत्वबारे उचीत प्रचार प्रसार हुन नसकेको भन्दै उनको गुनासो छ । युवाहरुलाई विदेश पलाएन हुनबाट रोक्न कृषि क्षेत्रलाई ब्यवस्थित गर्नुपर्नेमा यस क्षेत्र संग संवन्धित अन्य सरोकारवालाहरुले जोड दिएका थिए ।

२५ माघ २०७२, सोमवार ०८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु