आज मन्त्रिपरिषद् विस्तार हुने संभावना, नेपाल परिवार दल र राप्रपा सरकारमा सहभागी हुने ।

काठमाडौँ, पुष ९ । आज मन्त्रिपरिषद् विस्तार हुने संभावना छ । प्रधानमन्त्रि केपी शर्मा ओली त्यसैको गृहकार्यमा ब्यस्त छन । ओलीले आफु निर्वाचित भएको साँडे दुई महिनापछि आज नेपाल परिवार दल र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराएर मन्त्रीपरिषद बिस्तारको तयारी गर्नुभएको हो । दुबै
परिवार दलबाट अध्यक्ष एकनाथ ढकाल नै मन्त्री हुने निश्चिन भए पनि राप्रपाले नाम दिन बाँकी रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
सरकारको कामकारबाहीमा असन्तुष्टि जनाउँदै समर्थन फिर्ता लिने चेतावनी दिएको राप्रपा अन्तत सरकारमा सहभागी हुने भएको हो ।
यद्धपी कसलाई मन्त्रि बनाउने र कुन मन्त्रालय दिने भन्ने टुङ्गो लागिसकेको छैन । प्रधानमन्त्रि वली यहि बिषयमा बिभिन्न नेताहरुसंग अनौपचारिक छलफलमा रहनुभएको जनाइएको छ ।

९ पुस २०७२, बिहीवार ०३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु