साना दलबाट चारमन्त्री थपिए
काठमाडौँ, पुष ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका छन् । यससँगै मन्त्रिपरिषद ३४ सदस्यीय भएको छ । राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह मन्त्री बनेका छन् बोहोराले श्रम तथा रोजगार, थापाले विज्ञान तथा प्रविधि र सिंहले सरसफाइ तथा खोनपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढकालको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ । राष्ट्रपति विद्या भण्डारीले शीतलनिवासमा विहीबार साँझ मन्त्रीहरुलाई सपथ गराएकी छन् । सपथ समारोहमा प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ लगायतको सहभागिता थियो ।
९ पुस २०७२, बिहीवार ०२:५४ बजे प्रकाशित