यसरी बढाउन सकिन्छ शरीरमा अक्सिजन लेभल

आफुलाई कोरोना संक्रमण भएमा वा कोरोना संक्रमण हुने सम्भावना बढी हुने देखेमा योगमा रहेका केही श्वासप्रश्वासका आसनहरु सहयोगी सिद्ध हुने देखिन्छ ।
योगमा रहेका प्राणायामका केही आसनहरुलाई नियमित रुपमा गर्दा शरीरमा अक्सिजनको स्तर घट्ने सम्भावना निकै कम रहने योग छ ।
केही योग आसनहरु यसप्रकार रहेको छ ।
अनुलोम–बिलोमः
प्राणायामको एक आसनको रुपमा रहेको अनुलोम–बिलोम नियमित गर्ने ब्यक्तिको शरीरमा अक्सिजनको स्तर ९५–१०० सम्म रहन्छ । यदी कसैलाई शरीरमा अक्सिजनको स्तरमा कमी आयो र तत्काल अस्पताल पु¥याउन सकिएन भने केही समय अनुलोम–बिलोम गराउदाँ उसको शरीरमा अक्सिजनको स्तर बढ्ने गर्छ ।
कसरी गर्ने अनुलोम–बिलोम ?
पलेटी मारेर कुनै पनि आसन सुखासन वा पद्मासन मा बस्ने । दाहिने हातको चोरी औंलालाई बुढी औंलाको फेद छुवाउने, दाँया हातको बुढी औंलाले नाकको प्वाललाई बन्द गरेर देब्रे नाकको प्वालवाट बिस्तारै लामो समय लगाएर श्वास लिने ।
यसरी श्वास लिएपछि केही सेकेण्ड रोकिने । माईली औंलाले श्वास लिएको नाकको प्वाललाई बन्द गर्ने । बुढी औंलाले बन्द गरेको नाकको प्वाललाई छोड्ने र श्वासलाई बिस्तारै बाहिर फ्याक्ने ।
फोक्सोमा रहेको सबै हावालाई बाहिर फ्याकेपछि सोही प्वालवाट फेरी बिस्तारै श्वासलाई तान्ने र देब्रे नाकवाट बाहिर फ्याक्ने ।
यो क्रियालाई विहान ब्रम्हमुर्हतको समय ९सूर्योदय हुनु भन्दा अगाडी० बिस्तारै ५–१० मिनेट नियमित बिस्तारै गर्ने ।
भस्त्रिका प्राणायाम:
शरीरमा अक्सिजनको स्तरमा कमी आएमा भस्त्रिका प्राणायामको सहायताले पनि शरीरको अक्सिजन स्तरलाई बढाउन सकिन्छ ।
यो प्राणायाम पनि सुखासन वा पद्मासनमा बसेर बिस्तारै दुबै नाकवाट लामो समय लगाएर श्वासलाई फोक्सो भरिन्जेल हावा लिने र सोही गतीमा नाकवाट श्वासलाई बाहिर फ्याक्ने गर्नुपर्छ ।
शरीरमा अक्सिजन लेभललाई बढाउन कपालभाती प्राणायाम पनि सहयोगी हुन्छ । प्राणायामको यो आसन सुखासन वा पद्मासनमा बसेर नाभीको भागलाई भित्र पठाउदैं श्वासलाई बाहिर फ्याक्ने गर्नुपर्छ । श्वासप्रश्वासको गतिलाई तिब्र गर्नु भन्दा मन्द गर्दै समयलाई बढाउदै लैजानु राम्रो हुन्छ ।
फोक्सोलाई स्वस्थ बनाउने उपाय
कोभिड–१९ को प्रभाव फोक्सोमा पर्ने हुनाले फोक्सोलाई स्वस्थ बनाउनु नै सबैभन्दा राम्रो उपाय देखिएको छ । यसका लागि नियमित तातो पानीको वाफ लिदाँ फोक्सोले राम्ररी अक्सिजन लिन सक्छ ।
यदी तातोपानीको वाफ लिने हो भने उक्त पानीमा समान मात्रामा कपूर, ज्वानो, ल्वाङको तेल, पेपरमिन्टको तेल हालेर वाफ लिने गरेमा फोक्सो स्वस्थ हुन्छ ।
१५ वैशाख २०७८, बुधवार १९:२७ बजे प्रकाशित