राष्ट्रिय वाणिज्य बैंक ५ दिनसम्म बन्द हुने

राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठसहित सो बैंकका केन्द्र र शाखा कार्यालयका ५२ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

कर्मचारीमा कोरोना देखिएका बैंकहरू स्थानीय तहको निर्णय अनुसार ३ देखि ५ दिनसम्म बन्द हुने बताइएको छ ।

‘केन्द्रीय कार्यलयमा कोरोना संक्रमण देखिएको ठाउँलाई आइसोलेसन बनाएर काम सञ्चालन हुने छ ।

म ७ दिनदेखि नै आइसोलेसनमा छु र स्वास्थ्य अवस्था सामान्य छ ’,श्रेष्ठले नेपाल प्रेससँग भने ।

बैंक पनि अतिआवश्यक सेवा भएकोले सरकारले निश्चित कर्मचारी उपस्थित भएर सञ्चालनको अनुमति दिएको छ ।

१५ वैशाख २०७८, बुधवार १७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु