अघिल्लो हप्तामा किन रोकियो कमेडि च्याम्पियन सो?

निषेधाज्ञामा  सो नरोकिने

टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन गएको हप्ता एक प्रतिस्पर्धीलाई कोरोना संक्रमण भएपछि नयाँ श्रृंखला प्रशारण नभएको सो निषेधाज्ञामा भने नरोकिने भएको छ ।

“अहिले पनि हामी छायांकनमै छौं । हामी सो रोक्दैनौं ।

यो हप्ता मात्रै होइन निषेधाज्ञामा पनि हामी सो रोक्दैनौं,” निर्देशक विशाल भण्डारी भन्छन्, “भौतिक दूरी र स्यानिटाइजर प्रयोग गरेर छायांकन गर्ने छौं ।” स्टुडियोमा दर्शक राखेर भने छायांकन हुने छैन ।

कमेडी च्याम्पियन सिजन–२ १४ भाग प्रशारण भइसकेको छ ।

१५ वैशाख २०७८, बुधवार १९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु