आज शनिवार, यी केही प्रेरक प्रसङ्गबाट दिनको सुरुवात गरौं

महान् वैज्ञानिक अबर्ट आइन्स्टाइनको सफलता

वैज्ञानिक अल्बर्ट आइन्स्टाइन काममा अति नै तल्लीन भएर लाग्थे । उनले जुन कार्य सुरु गर्दथे त्यो कार्य पूर्ण गरेर मात्र छोड्थे ।

एक पटक आइन्स्टाइन शोधपत्र लेख्ने कार्य सकेर क्लिप ९कागज च्याप्ने सामान खोज्न थाले । टेबुल र दराजका सम्पूर्ण स्थानमा खोजिसक्दा पनि क्लिप फेला पार्न सकेनन् र अन्त्यमा उनले एउटा कुनामा बिग्रेको काम नै नलाग्ने पुरानो पेपर क्लिप देखे । उनले त्यो क्लिपलाई मर्मत गरी काम लाग्ने कसरी बनाउने भन्ने जुक्तिबारे सोच्न थाले र बनाउन थाले ।

एकछिन पछि उनका सहायक पनि आइपुगे । आइन्स्टाइन एउटा पुरानो पेपर क्लिप मर्मत गर्न लागेको देखेर उनले दराजबाट एक बट्टा नयाँ क्लिप निकाले र भने महोदय, हामीसँग प्रशस्त क्लिपहरू छन् । तपाईं पुरानो क्लिप बनाउँदै हुनुहुन्छ । त्यसलाई फालेर नयाँ प्रयोग गरे भइहाल्छ नि ।

आइन्स्टाइनले उनको कुरा सुन्दैनसुनी लगातार त्यसैमा लागेर क्लिप तयार गरी छाडे र शोधपत्र च्यापे । उनले आफ्ना सहायकलाई बोलाएर पिठमा स्यावासी दिँदै भने, ‘बाबु हामी जुन लक्ष्यतिर एकाग्र भएर लाग्छौँ त्यसमा निरन्तर लागिरहनुपर्छ । विचलित हुनुहुन्न । मलाई कसैले पनि आफ्नो लक्ष्यबाट विचलित पार्न सक्दैन ।’

यस भनाइपछि सहायक गम्भीरतापूर्वक सोच्न थाले।। ।

आइन्स्टाइनको स्वभाव

दिनभरिको थकानले एक पटक आइन्स्टाइन नुहाउन भनेर बाथरूम छिरे । छिरेको धेरै समय बितिसकेपछि पनि बाहिरै निस्किएनन् । उनकी बहिनी कोठामा उनको पर्खाइमा थिइन् । अब निस्केलान्, अब निस्केलान् भनेर कुर्दा कुर्दा ननिस्किएपछि उनलाई डर लाग्यो।।। र ढोका ढक्ढक्याउँदै बोलाइन् ।

केही समयपछि आइन्स्टाइन जस्तो छिरेका थिए उस्तै ननुहाई हातमा टबेल बोकेर बाहिर निस्किँदै भने, ‘आई एम् सरी, म त आफ्नै विचारमा हराउँदा हराउँदै नुहाउन नै बिर्सेंछु ।’ यति भनेर फेरि नुहाउन बाथरुम छिरे ।

सुन्दरता

‘राजा विक्रमादित्य र महाकवि कालीदास बीच वार्तालाप भइरहेको थियो । महाकवि कालीदासलाई राजाले प्रश्न गर्नुभयो ।

राजालाई कलीदासको उत्तर दिने शैली असाध्यै मन पथ्र्यो ।

राजा विक्रमादित्यको राजालाई प्रश्न थियो–

कविज्यू, तपाईं असाध्यै विद्वान् हुनुहुन्छ । तर तपाईंको शरीर भने बुद्धि जस्तो सुन्दर छैन । यसको कारण के हुन सक्छ।। रु

प्रश्न पछि राजा उत्तरको प्रतीक्षामा थिए।।।

केही बेरमा राजाले सेवकलाई पानी ल्याउन आदेश दिए । कालीदासले सेवकलाई इसारा गर्दै एउटा माटोको भाँडा र अर्को चाँदीको गिलासमा पानी ल्याउन आदेश गराए । सेवले पानी टक््रयायो । महाकविले राजालाई दुवै गिलासको पानी पिउन आग्रह गरे । आग्रह स्वीकार्दै राजाले दुवै गिलासको पानी पिए ततपश्चात् कालीदासले विनम्रतापूर्वक राजालाई प्रश्न गरे ।

महाराज यी दुईमध्ये कुन चाहिँ गिलासको पानी हजुरलाई बढी शीतल लाग्यो रु राजाले सरलतापूर्वक जवाफ दिए– पक्कै पनि माटोको गिलासको पानी बढ्ता शीतल र केही हदसम्म मीठो पानी रहेको बताए । जबाफ सुनेर कालीदासले मुस्कुराउँदै जबाफ दिए ।

‘जसरी पानीको शीतलता भाँडाको सुन्दरतामा निर्भर हुँदैन त्यसैगरी मान्छेको बुद्धिको सुन्दरता पनि उसको सुन्दरतामा निर्भर हुँदैन ।’ दुवै प्रश्नको उत्तर पाएपछि राजा अकमक्क परे ।

अब्राहम लिङ्कनको सफलता

अब्राहम लिङ्कन एक साधारण व्यक्ति कसरी राष्ट्रपति भए भन्ने कुरा सबैमा कौतुहलजनक थियो । एक पटक पत्रकारहरू अब्राहम लिङ्कनलाई भेटेर प्रश्न सोध्दै थिए ।

उनीहरूको प्रश्न थियो– ‘तपाईं एक साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नु भयो ?

अब्राहम लिङ्कनले मुस्कुराउँदै ती पत्रकारको प्रश्नको उत्तर दिँदै भने– मैले आफ्नो जीवनको पाइला पाइलामा परीक्षा लिएँ । हरेक असफलताबाट केही न केही नयाँ कुरा सिकेँ । म नहडबढाई सम्हालिएँ र आफ्ना कमीकमजोरी, त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै अघि बढेँ । यस प्रकार म साधारण मानिसबाट आज राष्ट्रपति बनेँ ।

आइन्स्टाइनको महान बन्ने सूत्र

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक केटोले सोध्यो, ‘सर आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपाईंको प्रशंसा गर्छन् । तपाईंलाई महान् भन्छन् । भन्नुस् न आखिर महान् बन्ने सूत्र के हो रु’

‘लगन’ आइन्स्टाइनले मुस्कुराउँदै भने, ‘यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिएँ तब गणितदेखि डराउँथे, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा फेल हुन्थेँ । मैले सजाय पाउँथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थँे ।

एक दिन मैले सोचेँ आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणितदेखि डराउने गर्छु रु बस् त्यो दिनदेखि मैले गणितका प्रश्नहरूको समाधान निकाल्न थालेँ । याद राख, म बारम्बार असफल पनि भएँ । साथीहरूले खिल्ली उडाउन छोडेनन् तैपनि ममा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु । यही लगनले मलाई आज यहाँसम्म पु¥यायो । लगन नै सफलताको सूत्र हो, गुरुमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।’

लगन नै सफलताको सूत्र हो, गुरुमन्त्र हो ।

१३ भदौ २०७७, शनिवार ०६:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु