दिमाग सक्रिय राख्न दिनमा कति मिनेट, कसरी हिँड्ने ?

हिँड्नुस् है, हिँड्ने मान्छेले पाइला मेट्दैन, बरू जिन्दगीका नयाँ पाइलाहरू कोर्दै जान्छ

दसौं हजार मान्छेमा गरिएको अध्ययनले शारीरिक सक्रियताको न्यूनतम विन्दु पहिल्याएको छ। त्यो हो– दिनको लगभग ३५ मिनेट फटाफट हिँड्ने।

हिँड्नु यति सजिलो व्यायाम हो, जसका लागि कुनै महँगो उपकरण चाहिँदैन। प्राकृतिक सुन्दरता भएको ठाउँमा हिँड्न पाए सुनमा सुगन्ध, नभए अहिलेजस्तो निषेधाज्ञा बेला आफ्नै घरको कौसीमा केही बेर फटाफट हिँडेर शरीर सक्रिय राख्न सकिन्छ।

स्नायू वैज्ञानिक शेन ओुमाराका अनुसार हिँडाइले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ।

मानिसको दिमागबारे अनुसन्धान गर्ने ओुमारा आयरल्यान्डको डब्लिनस्थित ट्रिनिटी कलेजका प्राध्यापक हुन्। उनी हिँड्न मन पराउँछन्। हिँड्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो भन्छन्। बेढंगी सहरी संरचनाहरूले हिँडाइको चाल नबिगारोस् भन्नेमा जोड दिन्छन्। आफू हिँड्ने बाटोमा जब बत्तीको रङ बदलिन्छ, जब कुनै संरचनाले छेक्न आइपुग्छ, उनी अर्कै बाटो समात्छन्।

बेलायती अखबार द गार्डियनु की संवाददाता एमी फ्लेमिङलाई हालै दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, बाटो काट्न पनि अनुमति लिनुपर्ने कस्तो उदेकलाग्दो सरर हिँड्नु जीवनकै आनन्दपूर्ण अनुभूति हो। हामी त्यो अनुभूतिबाट वञ्चित हुँदै गइरहेका छौं।

५३ वर्षीय ओुमाराले हिँडाइकै विषयमा हालै एउटा किताब लेखेका छन्( इन प्रेज अफ वाकिङ। उक्त किताबमा उनले हिँड्दा हाम्रो दिमाग कसरी चल्छ भन्नेदेखि आफूले संगालेका यात्रा अनुभव र नियमित हिँड्ने मानिस स्वस्थ, खुसी र सिर्जनशील हुने तथ्यांक र विवरण प्रस्तुत गरेका छन्।

ओुमाराको भनाइमा कुनै सहरबाट देखिने हिमाल वा फाँटको सुन्दरता नियाल्दै हिँड्नाले दिमाग शितल बनाउँछ। उनी दिनहुँ एउटै बाटो होइन, फरक(फरक बाटो हिँड्न सुझाव दिन्छन्। भन्छन्( जब हामी एउटै बाटो र एउटै दिशामा लामो समय हिँड्छौं, हाम्रो दिमाग त्यहाँको वातावरणसँग अभ्यस्त हुँदै जान्छ। त्यहाँका दृश्य हामीलाई नौला लाग्न छाड्छन्। हाम्रो मष्तिष्क नयाँ दृश्य देखेर तरंगित हुन बन्द गर्छ। यसले हाम्रो सिर्जनशीलता घट्छ।

सिर्जनशील हुन नयाँ-नयाँ बाटो हिँड्नुपर्छ, नयाँ-नयाँ दृश्यमा रमाउनुपर्छ, ओुमारा भन्छन्।

सिर्जनात्मक काम मात्र होइन, जीवनका कतिपय योजना बुन्न पनि हिँडाइले मद्दत गर्छ। हाम्रो दिमाग धेरैजसो समय आजको समस्याले गिजोलिएको हुन्छ। यस्तोमा समस्याको समाधान र भोलि-पर्सिका योजना हामी सोच्नै भ्याउँदैनौं। त्यस्ता योजना हाम्रो मस्तिष्कभित्रै हुन्छ, तर सुषुप्त अवस्थामा। त्यसलाई सुषुप्त अवस्थाबाट मस्तिष्कको सतहमा ल्याउन दिमाग सक्रिय राख्नुपर्छ।

हिँडाइले दिमाग सक्रिय राख्ने हुँदा कुनै पनि समस्याको समाधान खोज्न र भविष्यका योजना बुन्न सहज बनाउने ओुमाराको भनाइ छ।

लेखक एवं विचारक बर्नाड रसल हिँड्नुलाई पनि आफ्नो कामको अभिन्न अंग मान्थे, ओुमारा भन्छन्, आइरिस गणितज्ञ विलियम रावन ह्यामिल्टन सात वर्षसम्म हरेक दिन एउटै समस्याबारे सोच्दै हिँडे। अन्ततः उनले क्वाटरनियन्स भन्ने नम्बर प्रणाली पत्ता लगाए। त्यो नभइदिएको भए विद्युतीय ब्रस वा मोबाइल फोनहरू आविष्कार हुने थिएनन्।

ओुमारा दिमागलाई मोटर सेन्ट्रिकु मान्छन्। जसरी मोटरलाई चलायमान नराखे काम गर्न छाड्छ, हाम्रो दिमागलाई पनि जति धेरै निष्क्रिय राख्यो त्यसको सोच्ने क्षमता घट्दै जान्छ। उनी यसलाई बुझाउन समुद्रमा पाइनेहम्बल सी स्कर्टु नामक जीवको जीवनचक्रको उदाहरण दिन्छन्।

आफ्नो व्यस्क जीवनमा यो जीव चट्टान र ढुंगाको बाहिरी भागमा टाँसिएर बस्छ। मेरुदण्ड नभएको यो जीवसँग दिमाग पनि हुँदैन, किनभने यसले आफ्नो दिमाग आफैं खाइसकेको हुन्छ। तर, लार्भा अवस्थामा हुँदा यो जीवमा पनि अरूको जस्तै मेरुदण्ड, एउटा आँखा र सामान्य दिमाग हुन्छ। स्वतन्त्र रूपमा पौडिने र आहार खोज्ने खुबी हुन्छ। आफू कहिले भोकाएको छु र कसरी यताउता गर्नुपर्छ भन्ने थाहा हुन्छ। वयस्क हुँदै गएपछि जब यो जीव कुनै चट्टान वा ढुंगाको हिस्सा बन्छ, यसले आफ्नो अस्तित्वबाट नयाँ रूप लिन्छ। आफूसँग भएका आँखा, दिमाग र मेरुदण्ड आफैं खान्छ।

दिनभरि कुर्सीमा बस्नु भनेको पनि दिमागविहीन त्यही जीवजस्तै बन्नु हो, ओुमारा भन्छन्।

ओुमाराले सन् २०१८ को एउटा अध्ययन पनि उद्धृत गरेका छन्। उक्त अध्ययनले २० वर्षसम्म मान्छेका गतिविधि र व्यक्तित्व पछ्याएको थियो। जो मान्छे कम चलायमान थिए, उनीहरूले खुलापन, समाजसँग घुलमिल हुने लगायत सामाजिक गुणमा कम नम्बर ल्याए। जो हिँड्ने खालका थिए, उनीहरूमा मानसिक समस्याको दर कम पाइयो।

ुसिर्जनात्मक काममा लाग्नुअघि कुनै शारीरिक गतिविधिमा संलग्न हुँदा एकदम राम्रो हुन्छ। यसबारे हामीले परीक्षण गर्न आवश्यक छ, ओुमारा भन्छन्, हिँड्दा वा कुनै पनि समस्या समाधान गर्दा हाम्रो दिमागको सक्रियता धेरै बढेको हुन्छ।

हिँड्नु ओुमाराको रूचि मात्र होइन, उनको प्रयोगात्मक अध्ययनको हिस्सा पनि हो।

उनका अनुसार हामी दिनभर सक्रिय हुन आवश्यक छ। एक घन्टा जिम गएर मात्र हुँदैन। धेरै मान्छेको एक घन्टा एकदमै धेरै कसरत गर्ने र बाँकी समय निष्क्रिय बस्ने बानी हुन्छ। ओुमारालाई यो गलत लाग्छ। उनी व्यायामका विरोधी होइनन्, तर हिँड्नुलाई दैनिक जीवनसँग जोडिएको अभ्यास ठान्छन्।

हिँड्दा सहज जुत्ता र रेनकोट वा छाताबाहेक अरू केही बोक्नुपर्दैन। त्यसका लागि शरीर तन्काउने, तताउने लगायत कुनै तयारी गर्नुपर्दैन, उनले भने।

उनको सुझाव छ  हिँड्दा लामो लामो पाइला चाल्न उचित हुन्छ। सातामा कम्तीमा चारदेखि पाँचपटक दिनको ३० मिनेट, ५ किलोमिटर प्रतिघन्टाका दरमा हिँड्दा राम्रो हुन्छ।

तपाईं पनि हिँड्नुस् है हिँड्ने मान्छेले पाइला मेट्दैन, बरू जिन्दगीका नयाँ पाइलाहरू कोर्दै जान्छ।

द गार्डियन अखबारकी एमी फ्लेमिङले शेन ओुमारासँग लिएको अन्तर्वार्तामा आधारित

२५ जेठ २०७८, मंगलवार ०८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु