पेरिस आक्रमण फ्रान्सकै नागरिकले गराएको दाबी

काठमाडौँ, कात्तिक २९ – फ्रान्सको राजाधानी पेरिसमा शुक्रबार राति आत्मघाती तथा आतंककारी आक्रमण गरी सयौँको ज्यान लिने समूहको फ्रान्स प्रहरीले पहिचान गरेको दाबी गरेको छ।
फ्रान्सको प्रहरीले आठ जना आक्रमणकारीले तीन वटा समुह बनाएर बम विस्फोट र गोली हानेको उसले जनाएको छ।
पेरिसका प्रहरी प्रमुख फ्राँस्वा मोलिन्सले आठ मध्ये सात जना जवाफी कारबाहीका क्रममा मारिएको र एकजनाको खोजी कार्य भइरहेको दाबी गरिएको छ ।
मारिएका आक्रमणकारी सबैले ठूलो मात्रामा हतियार बोकेका र विस्फोटक पदार्थले भरिएको बेल्ट लगाएका थिए । आक्रमणकारी मध्ये एक जना ३० वर्षका फ्रान्सेली नागरिक पनि रहेको मोलिन्सले बताएका छन् ।
ती व्यक्तिले यसअघि पनि आपराधिक गरेको पाइएपनि जेल भने गएका थिएनन् । आक्रमणको जिम्मेवारी विद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिइसकेपछि पनि उसमाथी थप कारबाही गर्ने फ्रान्सले रणनीति सार्वजनिक गरेको छैन् ।
शुक्रबार राति पेरिसको बटाक्ला कन्सर्ट हल, नेशनल स्टडियम, रेस्टुरेन्ट तथा बारसहित ६ ठाउँमा आक्रमण भएको थियो ।
पेरिस आक्रमणमा सुंलग्न भएको आशंकामा बेल्जियमबाट तीन जना पक्राउ परेका छन् । बेल्जियमका विभिन्न शहरमा गरिएको आक्रमणकारी खोजी अभियानको क्रममा तीन जना पक्राउ परेका हुन् ।
पक्राउ परेका मध्ये एक जना शुक्रबार बेलुका पेरिसमा रहेको बेल्जियमका प्रधानमन्त्री चार्ल्स माइकलले बताउनुभएको छ । आक्रमण भएको कन्सर्ट हल नजिकबाट बरामद भएको एउटा गाडीमा बेल्जियमको नम्बर रहेको र त्यसको अनुसन्धान भइरहेको दाबी गरिएको छ।
२९ कात्तिक २०७२, आइतवार ००:५४ बजे प्रकाशित