आइएस लिबियाका प्रमुख अबुलाई अमेरिकाले मार्यो
एजेन्सी, कात्तिक २९ । हालै पेरिसको आक्रमण गराउको भनिएको बिद्रोही संगठन इस्लामिक स्टेट आइएस का लिबिया प्रमुख मारिएको अमेरिकाले दाबी गरेको छ।
हवाइ आक्रमणको क्रममा लिबिया आइएस प्रमुख अबु नबिललाई विसाम नज्म अब्द जयाद अल जुबेदीको नामबाट चिनिने गरेकोमा उनी मारिएको अमेरिकी दाबी छ।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनको दाबी अनुसार जुबेदी लामो समयदेखि अल कायदाको अभियानसँग जोडिएका थिए भने उनले लिबियामा आइएसको नेतृत्व गर्दै आएका थिए ।
आइएसका नेतालाई लक्षित गरी शुक्रबार राति गरिएको हवाइ आक्रमणको क्रममा जुबेदी मारिएको पेन्टागनले दाबी गरेको छ । जुबेदी मारिएपछि लिबियामा आइएसको गतिविधि निकै प्रभावित हुने पेन्टागनको भनाई छ ।
शुक्रबार राती आइएसले गरेको पेरिस आक्रमणमा १ सय ४४ भन्दा बढीको मृत्यु भएको छ भने झन्डै २०० बढी घाइतेमा ८० जनाको अवस्था गम्भिर छ।
२९ कात्तिक २०७२, आइतवार ००:४१ बजे प्रकाशित