मधुमेह दिवस आज, नेपालमा चार प्रतिशतलाई मात्रै !

कात्तिक, कात्तिक २८ । विश्व मधुमेह दिवसका अवसरमा शनिबार पोखराको एक स्थानीय मालेपाटनमा मधुमेह र मिर्गौलासम्बन्धी निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरिएको छ।

मधुमेह दिवसका अवसरमा आयोजना गरिएको यो दिवस विश्वभर सन् १९९१ बाट मनाउदै आएपनि राष्ट्रसंघले भने सन् २००७ बाट मात्र मनाउन थालेको हो ।

नेपाल मधुमेह समाज कास्की र सूर्यचन्द्र विकास समाज पोखराको आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरीको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा करिब ३०० जनाले निःशुल्क रक्त परीक्षण गरेका थिए ।

वरिष्ठ चिकित्सक डा बुद्धिबहादुर थापाले कार्यक्रमको शुभारम्भ गर्दै मधुमेह रोग शरीरका सबै भागमा पैmलन सक्ने र यसले मुख्यतया मिर्गौला, मुटु, नसा र दिमागमा असर गर्ने भएकाले रोगबाट जोखिन खानपिन र जीवन शैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।
ल्याबोरेटरी प्रालिका अध्यक्ष चेतबहादुर गुरुङ र प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले प्रालिको स्थापनापछि पाँच हजार जनाले निःशुल्क मधुमेह रक्त परीक्षण र ३५ हजार जनाले सेवा लिइसकेको जानकारी दिनुभयो । विश्वमा मधुमेह रोगबाट चीन र भारतका जनता बढी पीडित भएको र नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मधुमेह रोग लागेको बताइएको छ ।

२८ कात्तिक २०७२, शनिवार ११:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु