चीनले नपत्याएपछि निगमको टोली बंगलादेश पुग्यो

काठमाडौं, कात्तिक २८ । यसअघि नेपालका लागी जस्तोसूकै सहयोग गर्न पनि तयार रहेको भनेको चीनले पनि पर्याप्त रुपमा इन्धन नदिएपछि नेपाल आयल निगमको टोली बंगलादेश पुगेको छ।

इन्धन आयातको सम्भाव्यताबारे अध्ययन गर्न निगमको टोली शनिबार बंगलादेश पुगेको हो । चिनले दिने भनेको तेल सबै ल्याईसक्दा समेत सरकारले उससंग गतिलो द्धिपक्षीय व्यापारिक सम्झौता गरिसकेको छैन् ।

सम्झौताका लागी यसैहप्ता नेपाल आउन लागेको चिनिया टोलीसंग कुन रुपमा कसरी सम्झौता गर्ने भन्ने विषयमा पनि सरकारसंग आधिकारिक धारणा छैन् ।

भरतको अघोषित रुपमा नाकाबन्दीपछि मुलुकमा इन्धनको चरम संकटका कारण विभिन्न विकल्पको खोजी गरिरहेको निगमले बङ्गलादेशबाट इन्धन आयातको सम्भाव्यता अध्ययन गर्न प्रतिनिधिमण्डल त्यसतर्फ पठाएपनि त्यहाँ ल्याउन सहज नहुने कुरा उसले भन्नेमा द्धिमत छैन् ।

समय छदा घुमेर विताउने समय नभएपछि दौडिने नेपाली नेता र अधिकारीको बानी यहाँनेर पनि देखिएको छ। निगमका इन्जिनियरिङ विभागका प्रमुख एवम् निर्देशक वीरेन्द्र गोइत र प्रवक्ता मुकुन्द घिमिरेको टोलीले बङ्गादेशबाट खाना पकाउने ग्यास, पेट्रोल, डिजल र हवाई इन्धन आयात गर्ने विषयमा द्विपक्षीय कुराकानी गर्ने बताइएको छ।

यसबीचमा आपूर्तिमन्त्री इन्धनका विषयमा छलफल गर्न सुटुक्क हङकङ गएको पनि समाचार आएका छन् । तर यसको बारेमा भने अझै पुष्टि भएको छैन् । सायद सरकारको अर्को प्रचपञ्चका लागी मन्त्री त्यहाँ पुगेको र अधिकारी पनि त्यही भेला भएर केही हुने र गर्ने सरकारी दाबी छ।

२८ कात्तिक २०७२, शनिवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु