सरकार ढाल्न कांग्रेस मोर्चाको साथ खोज्दै !

12241660_10153732734872329_2567899764706500274_nकाठमाडौं, कात्तिक २८ । आफ्नो सरकार भएको बेला मधेसी मोर्चासंग कुनै औपचारिक प्रभावकारी वार्ता नगरेको नेपाली कांग्रेसले आफ्नै सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव पारित गर्न मधेसी मोर्चासँग हार गुहार गरेको छ।

संसदको सबैभन्दा ठूलो तर विपक्षी दल कांग्रेसले शनिबार सो विधेयक संसदमा दर्ता गरिदिन मोर्चाका नेतासंग गुहार मागेको हो । सिहंदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा भएको छलफलमा कांग्रेस नेताहरुले सुशील कोइरालाले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउन सहयोग मागेको थियो ।

तर मोर्चाले भने आफुले सहमति र ठूला दलसगं सम्झौताका लागी सिमांकन हेरफेर हुनैपर्ने स्पष्ट अडान दोहो¥याएको छ।

मोर्चाका तमसपा वरिष्ठ नेता रामनरेश रायले कांग्रेसले सरकारलाई पेलेर जान आफ्नो सहयोग मागेको भएपनि आफुले सिमांकन हेरफेर नभएसम्म कुनै सहमति र छलफल प्रभावकारी नहुने जानकारी गराएको बताए ।
मधेसी मोर्चाका नेताहरुले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले संसद सचिवालयमा दर्ता गरेको संशोधन मान्न नसकिने बताउँदै आएका छन् । भने नेपाली कांग्रेस सरकारलाई अफ्ठ्यारोमा पार्न सोही विधेयक दर्ता गर्नुपर्ने जिकिर गर्दै आएको छ ।

संशोधनमा हाल कायम रहेको जिल्लामा एक क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रस्ताव रहेपनि मधेसी मोर्चाले जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग दाबी गर्दै आएको छ।

सोही कुरा नमिल्दा सरकार र मधेसी मोर्चाबीचको वार्ता सफल हुन सकेको छैन् ।

२८ कात्तिक २०७२, शनिवार १०:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु