तिहार सकिएपछि भित्रिए रुपैडिहाबाट २५ ट्यांकर

नेपालगञ्ज, कत्तिक २८ । तिहार सकिएलगत्तै रुपैडिहा नाकाबाट इन्धन नेपाल भित्रन सुरु गरेको छ । शुक्रबार साँझदेखि पेट्रोलियम पदार्थ आउन थालेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहले दिएको जानकारी अनुसार शुक्रबार अबेर हवाई इन्धन ४ र डिजल ६ ट्यांकरसहित ३३ मालबाहक गाडि नेपाल भित्रिएका छन् ।

शनिबार डिजल ७, हवाई इन्धन ५, पेट्रोल १ र खाना पकाउने एलपी ग्यासका दुई बुलेट गरी १५ ट्यांकर इन्धन नेपाल आएका छन् ।

झन्डै ९ दिनपछि तेल भित्रीएको हो । भारतीय भन्सारले कात्तिक १७ गते साँझदेखि माथिको आदेश भन्दै इन्धनका गाडीहरु रोकेको थियो ।

भारतले निकै कडाइ गरेका कारण १७ गतेदेखि २७ गतेसम्ममा रुपैडिहा नाकाबाट ४ ट्यांकर डिजल, एक ट्यांकर हवाई इन्धन र १ बुलेट ग्यास मात्र नेपाल आएको थियो ।

२८ कात्तिक २०७२, शनिवार १०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु