नेताहरु स्वार्थी हुदैमा मधेसलाई पहाडबाट छुट्याइदैन् : उपप्रधानमन्त्री केसी

काठमाडौं, कात्तिक २८ । उपप्रधान तथा सहकारी एवंम गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मधेसका सिमित नेताहरुले गर्दा मधेसको माग सम्बोधन हुन नसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार राजधानीमा गरेको साक्षात्कारमा बोल्दै उनले हिमाल, पहाड र तराई एकआपसमा निर्भर रहेको बताए ।

यी तीनै क्षेत्रलाई अलग अलग गरेर प्रदेश बनाए कसैको अस्तित्व पनि नरहने चेतावनी दिए । सुनसरी, मोरङ, झापा, कैलाली, कञ्चनपुरसहितका जिल्लालाई पहाडबाट छुट्याएर प्रदेश बनाए त्यो भाग केही समय पछि नै नेपालमा नरहने उनको भनाई छ ।

उपप्रधानमन्त्री केसीले तराई पहाडबाट अलग गर्ने कुरा कुनै पनि हालतमा मान्य नहुने स्पष्ट समेत पारेका छन् ।

उनले २०४५ सालको १३ महिने नाकाबन्दीपछि नेपालीहरु भारतले अब यस्तो गर्दैन भनेर ढुक्क भएर उद्योग धन्दा मरेको भेँडाको मूल्यमा बिक्री गर्दा अहिलेको अवस्था आएको बताए ।

२८ कात्तिक २०७२, शनिवार ०९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु