लाङटाङ निकुञ्जको आगलागी नियन्त्रणमा आएन

रसुवा, कात्तिक २७ । लाङटाङ राष्ट्रिय निकुञ्जको धुन्चे इलाका क्षेत्र ब्राबर भिरमा शुक्रबार दिउँसो लागेको डढेलो बेलूकासम्म पनि नियन्त्रणमा नआएको त्यहाँ खटिएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउसो निकुञ्जमा आगो लागेको थियो । आगो के कारणले लाग्यो र कसले लगायो भन्ने अहिलेसम्म पनि पत्ता लागेको छैन् । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको नारायण दल गणका जवानहरु जुटिरहेपनि आगो नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

राति अबेरसम्ममा भए पनि डढेलो नियन्त्रणमा लिन सबै प्रयास गरिरहेको निकञ्ज प्रशासनले जनाएको छ। -बाटो हिँड्ने बटुवाले चुरोट खाएर फालेको सलाईको काटीबाट डढेलो लागेको हुनसक्ने निकुञ्जले अनुमान गरेको छ।

२७ कात्तिक २०७२, शुक्रवार १५:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु