सबैकी साझा दिदी अञ्जली दिदी, काष्ठमण्डपमा लगाइन् टीका

काठमाडौँ, कात्तिक २७ । दाजुभाइ तथा दिदीबहिनीलाई टीका लगाउन नपाएका तथा दाजुभाइ र दिदीबहिनी नभएकाहरुलाई सबैकी साझा दिदी अन्जली मास्केले शुक्रबार काष्ठमण्डपको भग्नावशेषमै टीका लगाई दिएकी छन् ।

मास्केले भग्नावशेषमाथि पाल टाँगेर करिब ६० जनालाई अपराह्न् १–४ बजेसम्म टीका लगाइ दिएकी हुन् । उनको तयारी भने १०८ जनामा थियो । गत वैशाख १२ गतेको भूकम्पका कारण काष्ठमण्डपको भग्नावशेष मात्र बाँकी छ ।

विसं २०५५ देखि अञ्जली दिदी र अञ्जली दिदीकी दिदी रेणु मास्के प्रधान मिली सामूहिक भाइटीका लगाउँदै आएकी छन् ।

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो । उहाँले अपराह्न १ देखि ४ बजेसम्म टीका लगाएकी थिइन् ।

टीका लगाउन आउने महानुभावबाट अञ्जली दिदीले कुनै पनि उपहार तथा दक्षिणा नलिए पनि कतिपयले दक्षिणा दिएर जान्छन् ।

मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन् ।

(रासस)

२७ कात्तिक २०७२, शुक्रवार १५:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु