थापा असफल ! मोर्चासंग प्रचण्डले वार्ता गर्ने

काठमाडौं, कात्तिक २७ । भाइटिकाको साझँ बसेको उच्चस्तरिय राजनीतिक सयंन्त्रको बैठकले मधेसी मोर्चासंगको वार्ता सफल बनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिने निर्णय गरेको छ।
यसअघि सरकारले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको सयोजकत्वमा वार्ता समिती गठन गरेपनि समितीले कुनै नतिजा दिन नसकेपछि उच्चस्तरिय राजनीतिक सयंन्त्रले प्रचण्डलाई अगाडी सारेको छ।
सयंन्त्रका संयोजक समेत रहेका प्रचण्ड कुरा गर्न र अरुलाई विश्वासमा ल्याउन सिपालु तथा मधेसका मागमा आवाज मिसाउने र उनीहरुलाई वार्ताबाट सहमतिमा ल्याउन सक्षम रहेको भन्दै अन्य दलले त्यसलाई स्वीकार गरेका छन् ।
बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार शीर्ष नेताहरुले पनि औपचारिक वा अनौपचारिक वार्ता गर्ने र त्यसको नेतृत्व प्रचण्डले गर्ने निर्णय भएको हो ।
शुक्रबार दिउसाँे मात्र प्रचण्डले मधेसी मोर्चाका नेताहरुसंग दिनहँ टेलिफोन वार्ता भइरहेको भनेपछि अन्य नेताले पनि उनैलाई वार्ताको जिम्मा दिएका हुन् । मधेसी नेतालाई सरकारमा ल्याएर बाबुरामको नयाँ शक्तिको विस्तारलाई प्रभावित बनाउने भित्री रणनीति अनुसार प्रचण्ड मधेसी दललाई धेरै दिन अब सडकमा नराख्ने अवस्थामा पुगेका छन् ।
यो पनि पढ्नुस
मधेसी दलसंग दैनिक टेलिफोन वार्ता भइरहेको छ : प्रचण्ड
२७ कात्तिक २०७२, शुक्रवार १५:४५ बजे प्रकाशित