नाकाबन्दीबारे मुन र कोइरालाबीच छलफल

काठमाडौं, कात्तिक २७ । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनबीच भेटवार्ता भएको छ।
अमेरिकाको न्युयोर्कमा रहेका पुर्वप्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसँगको भेटवार्तामा भारतले गरिरहेको अवरोधले नेपालमा मानवीय संकट शुरु भएकाले तत्काल अवरोध हटाउन पहल गरिदिन आग्रह समेत गरेका छन् ।

भेटमा कोइरालाले गएको वैशाखमा भूकम्प गएलगतै उद्दार तथा राहतमा सक्रिय भएको छिमेकी भारतले अहिले गरेको नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको जानकारी पनि गराएका थिए ।
भारतको अवरोधका कारण स्वास्थ्य शिक्षा जस्ता अति महत्वपुर्ण क्षेत्र प्रभावित भएको भूकम्पप्रभावितलाई अत्यावश्यक सामग्री पुर्‍याउन नसकिएको यथार्थ महासचिव बानलाई जानकारी दिएका थिए ।

कोइरालाले अवरोधको प्रभाव भूकम्पभन्दा धेरै भएकोतर्फपनि महासचिव वानको ध्यानाकर्षण गराएको उहाँको सचिवालयले जनाएको छ ।

देशभित्र विभिन्न जाति तथा क्षेत्रले उठाएका माग लोकतान्त्रिक तरिकाले सम्बोधन गर्न नेपालका ठुला राजनीतिक दल तयार रहेको जानकारी गराउँदै कोइरालाले तर त्यसकै बहानामा सार्वभौम देशको पारवहन सुविधा नै बन्द गरिनु दुखद हुने बताएका थिए । तै पनि उनले आफुले सहयोग गर्ने बचन कोइरालालाई दिएको उनको नीजि सचिवालयले जनाएको छ।

२७ कात्तिक २०७२, शुक्रवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु