इन्धन बोकेका २४ गाडी चीनबाट आउँदै, एउटा अलपत्र
रसुवा, कात्तिक २५ । चीनबाट पेट्रोलियम पदार्थ बोकी रसुवागढीबाट नेपाल प्रवेश गरेको एक ट्याङ्कर बिग्रिएर बीच बाटामा अलपत्र परेको छ ।
जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार स्याफ्रु गाविस वडा नं ४ सानो भार्खुको बाह्रघुम्तीमा नौ हजार लि. पेट्रोलियम पदार्थ बोकी आएको ट्यांकरको सुरक्षाको व्यवस्था मिलाइसकेको र २४ ट्याङ्कर पेट्रोलियम पदार्थ लिई काठमाडौँतर्फ प्रस्थान गरिसकेको प्रमुख विष्टले जानकारी दिए ।
यस्तै तिहारलाई लक्ष्य गरी चीनबाट आयात गरिएको स्याउ बोकेका ३७ कन्टेनर पनि काठमाडौँतर्फ बुधबार अपराह्न प्रस्थान गरेका छन् ।
फलफूलको आपूर्ति व्यवस्था मिलाउन ती कन्टेनर बिहीबार बिहानसम्म काठमाडौँ पुग्ने चालकले बताएका छन् ।
२५ कात्तिक २०७२, बुधवार १७:२९ बजे प्रकाशित