एमालेकाे चुनावी घोषणापत्र तयार

काठमाडौँ, वैशाख १६। नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि तयार पारेकाे घोषणापत्रमा वृद्ध भत्ता ५ हजार पुर्याउने उद्यलेख गरेकाे छ ।
दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका बेला एमालेले पनि आफ्नो घोषणापत्र तयार पारेको सचिव योगेश भट्टराईले बताए ।
०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरुको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजार पुर्याउने उल्लेख गरिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।
१६ वैशाख २०७४, शनिवार ०१:२८ बजे प्रकाशित