कास्कीबाट मृत मृगसहित दुई जना पक्राउ

पोखरा, १६ वैशाख । जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

माछापुच्छे गाउँपालिकाबाट पोखरातर्प ल्याउँदै गर्दा पोखरा–८ का जीवन गुरुङ र पोखरा–३ का विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा१७च २८७८ को जिपमा लुकाइछिपाइ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए । प्रहरीले मृत मृगलाई जिल्ला वन कार्यालयमा बुझाएको छ ।

१६ वैशाख २०७४, शनिवार ०१:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु